रासस

प्रदेश–४ प्रदेशसभाको पहिलो बैठक एक घन्टा ४३ मिनेट चल्यो
[2018-02-07 오후 6:32:00]

पोखरामा सम्पन्न प्रदेश नम्बर–४ प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सन्चालन गर्न पाँचजना सदस्यको नाम अनुमोदन गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राखेको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

ती सदस्यहरूमा गायत्री गुरुङ, टेकबहादुर घर्तीमगर, धनमाया पोखरेल लामा, मनकुमारी गुरुङ र मित्रकुमारी सुवेदी गुरुङ रहेका छन् ।

प्रदेशसभा सन्चालन आन्तरिक कार्यविधिअनुसार सभामुखको निर्वाचनका लागि आगामी फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजेको समय तोकिएको ज्येष्ठ सदस्य श्रेष्ठले बैठकलाई जानकारी दिए ।

उक्त निर्वाचनका लागि प्रदेशसभाका सचिव जीवराज बुढाथोकीलाई सोमबारै उक्त कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न उनले निर्देशन दिए ।

एक घन्टा ४३ मिनेट चलेको उक्त बैठकमा पृथ्वी सुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, हरिबहादुर चुमान, कृष्ण थापा, हरिशरण आचार्य, किरण गुरुङ, दोबाटे विश्वकर्मा, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले दलगतरुपमा बैठकलाई सम्बोधन गरेका थिए ।

प्रदेश–४ प्रदेशसभाको अर्को बैठक फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजे बस्नेछ ।



Nick Name     
comment   




नायक दयाहाङलाई रिमुजीन र रेड कार्पेटमा स्वागत, कान्छी फिल्म भने अव्यवस्थित


कोरियामा बुद्धको प्रतिमा स्थापना अभियान सफलताको अन्तिम चरणमा












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com