NK REPORTER

प्रधानन्यायाधीश पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. केसीद्वारा निवेदन दर्ता
[2018-02-04 오후 7:41:00]


प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गरेका छन् ।

डा. केसीले वारेशनामामार्फत् निवेदन दर्ता गराएका हुन् । डा. केसीका तर्फबाट शशीविक्रम कार्की, प्रितम सुवेदी र सागर घिमिरेले जिल्ला प्रशासन कार्यालय दमौलीमा पुगेर निवेदन दर्ता गरेका हुन् ।

डा. केसीले प्रधानन्यायाधीश पराजुलीले पहिलोपटक २०३० सालमा लिएको नागरिकतामा उमेर २१ वर्ष कायम गरेको र २०६७ मा लिएको प्रतिलिपीमा जन्ममितिको पूरा विवरण राखेको भन्दै के कति कारणले उमेर फरक परेको भन्दै जिल्ला प्रशासनमा निवेदन दर्ता गरेका हुन् ।

निवेदनमा नागरिकको सूचनाको हकअनुसार सोसम्बन्धी सूचना उपलब्ध गराइदिन भनिएको छ ।



Nick Name     
comment   




कोरियामा उभौली साकेला भव्यताका साथ सम्पन्न


कोरियामा नेपालीले नेपालीलाई अमानविय व्यवहार गरेर मानसिक तनावमा












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com