nk reporter

भारतीय विदेश मन्त्री स्वराज र अध्यक्ष दाहालबीच भेटबार्ता
[2018-02-02 오후 3:34:00]

नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बीच शुक्रबार विहान भेटवार्ता भएको छ ।

होटल सोल्टीमा भएको भेटमा हालैसम्पन्न निर्वाचन परिणाम, सरकार गठनको तयारी, नयाँ सरकारसँगको सम्बन्धका बारेमा छलफल भएको भेटपछि अध्यक्ष दाहालले बताए ।

भेटमा विदेशमन्त्री स्वराजले वाम गठबन्धनले निर्वाचनमा बहुमत पाएकामा सकारात्मक रुपमा लिँदै नेपालको राजनीतिक स्थायित्वका पक्षमा भारत रहेको बताएको दाहालले जानकारी दिए ।

नयाँ सन्दर्भमा मुलुकको राजनीति अब कसरी अगाडि बढ्छ भन्नेबारे छलफल भएको र आफूले छिमेकीसँग राम्रो सम्बन्ध विकास गर्ने चाहना नेपालको रहेको बताएको दाहालले जानकारी दिए ।

यसअघि, विहीबार विदेशमन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग होटल सोल्टीमा करीब पौने घन्टा भेटवार्ता भएको थियो ।

एक्ला एक्लै वार्तापछि दुई पक्षबीच सामूहिक वार्ता पनि भएको थियो ।उक्त अवसरमा एमालेले स्वराजको सम्मानमा होटल सोल्टीमा रात्रीभोज नै दिएको थियो । विदेशमन्त्री स्वराजले होटल सोल्टीमै संघीय समाजवादी फोरम र राजपाका नेताहरुलाई पनि भेटिन् ।

नेपालमा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बेलामा भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com