nk reporter

कांग्रेसले हारेको छैन र कहिल्यै हार्दैनः सभापति देउवा
[2018-02-02 오후 3:30:00]

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस पार्टी कहिल्यै नहार्ने बताएका छन् ।

नेपाल पर्यटन व्यवसायी संघको भेलामा उनले कांग्रेस हारेको छैन र कहिल्यै हार्दैन यसका सिद्धान्त र आदर्श हार्दैनन् भने ।

उनले भर्खरै सम्पन्न निर्वाचनमा पार्टीभन्दा उम्मेदवार चाहिं हारेको हो भन्दै यस सम्बन्धमा छिट्टै केन्द्रीय समितिमा छलफल गर्ने बताए ।

सिद्धान्त र आदर्श राम्रो बोकेको पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेको स्वीकार्दै उनले पार्टीलाई अझ बलियो बनाई भविष्यमा कहिल्यै नहार्ने बनाउनुपर्ने धारणा व्यक्त गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने सशक्त माध्यम पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री दीपक खड्कालगायतले कांग्रेसलाई बलियो बनाउन पर्यटन व्यवसायीको पहल सकारात्मक भएको उल्लेख गरे ।



Nick Name     
comment   




कोरियामा उभौली साकेला भव्यताका साथ सम्पन्न


कोरियामा नेपालीले नेपालीलाई अमानविय व्यवहार गरेर मानसिक तनावमा












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com