nk reporter

नेपाली सेनाको भैरवनाथ गणमा बम बिस्फोट, ५ सैनिक घाइते
[2018-02-02 오후 3:26:00]

काठमाडौंको महाराजगन्जस्थित नेपाली सेनाको भैरवनाथ गण भित्र बम बिस्फोट भएको छ । बम बिस्फोटबाट एक जना सैनिक गम्भीर घाइते भएका बुझिएको छ । सेनाको आफ्नै बिस्फोटक पदार्थ बिस्फोट भएको जनाइएको छ ।

तालिम गर्ने क्रममा ग्रिनेट बिस्फोट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले लोकान्तरलाई बताए ।

ग्रिनेट बिस्फोटबाट ५ जना घाइते भएका छन् । घाइतेमध्ये एकजना सैनिक जवानको अवस्था गम्भीर रहेको प्रवक्ता भण्डारीेले बताए ।

‘तालिमको क्रममा ग्रिनेट बिस्फोट भएको हो,’ प्रवक्ता भण्डारीले भने, ‘बिस्फोटबाट ५ जना घाइते भएका छन् । १ जनाको अवस्था गम्भीर छ ।’

घाइते सबैको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com