nk reporter

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, भनिन्–‘विशेष एजेन्डा छैन’
[2018-02-01 오후 10:56:00]

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् ।

बिहीबार अपराह्न विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजले भ्रमणको कुनै विशेष एजेन्डा नभएको बताइन् । मित्रहरुसँग भेटघाटका लागि आफू नेपाल आएको उनको भनाइ थियो ।

उनलाई विमानस्थलमा अर्थ राज्यमन्त्री उदयशमशेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीलगायतले स्वागत गरेका थिए ।

यहाँ रहँदा विदेशमन्त्री स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टा–छुट्टै शिष्टाचार भेट गर्नेछिन् ।

यस्तै, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भारतीय विदेशमन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मधेसकेन्द्रित राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछिन् ।

स्वराजको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । उनी शुक्रबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।



Nick Name     
comment   




अन्र्तराष्ट्रिय स्तरको कार्यक्रम गर्दे छौ–आयोजक सदस्यहरु,राईज फर नेपाल कन्सर्ट


श्रम सहचारी बास्तोलालाई स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com