मिसेक लिम्बु

संघिय लिम्बुवान सामाजिक मञ्चको तेश्रो अधिबेशनको तयारी पूरा
[2018-01-25 오후 10:23:00]

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल, लिम्बुवान, किरात खम्बुवान, शेर्पा, तामाङ्सालिङ, नेवा:, तमुवान, मगरात, खसान, मधेश , थरूहट र शिल्पी (दलित) वा १०+१ प्रान्त र त्यसभित्र सिमान्तकृत आदिवासीहरुको विशेष स्वायत्त क्षेत्रसहितको पूर्ण संघात्मक शासन व्यवस्था स्थापना गर्न २०६२ सालमा स्थापना भएको राजनैतिक दल हो। यो मञ्चले लिम्बुवानलाई आफ्नो आधार क्षेत्रको रुपमा विकसित गर्दै समग्र नेपालमा ऐतिहासिक पृष्ठभूमि एवं पहिचानको आधारमा संघीय आन्दोलन चर्काउदै अाएको छ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले बिभिन्न २२ वटा राष्ट्रमा प्रबाश समितिहरू स्थापना गरेको छ । ति मध्ये दक्षिण कोरियामा सन् २०११ मा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको प्रबाश समिती संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिणको स्थापना भएको सबैमा शर्वबिदितै छ । सोहि प्रबाश समितिले यहि अागामी सलनालको पहिलो दिन अर्थात फेब्रअरी १५ तारिक तोङदेमुनको नाङलो क्याफे हलमा अाफ्नो तेश्रो अधिबेशन गर्न गईरहेको कुरा मञ्चका अध्यक्ष नन्द काम्बाङ "मिराप"ले बताउनु भएको छ ।

अधिबेशनमा उपस्थितिको लागि कोरिया स्थित सम्पूर्ण संघ संस्था र संगठनहरूलाई पत्र पठाई सकिएको र पत्र प्राप्त नभए यसै समाचारलाई अाधार मानी पत्रकार , बुद्धिजिबी सबैलाई उपस्थित हुनको लागि सबैमा अायोजकले बिनम्र अनुरोध समेत गरेको छ ।

मिती :- २०१८/ ०२/ १५
स्थान :- नाङलो रेष्टुरेन्टको हल, सउल
समय :- दिनको१२:०० बजे



Nick Name     
comment   




अन्र्तराष्ट्रिय स्तरको कार्यक्रम गर्दे छौ–आयोजक सदस्यहरु,राईज फर नेपाल कन्सर्ट


श्रम सहचारी बास्तोलालाई स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com