Dambar Subba

साईला साईली डान्स पार्टीको तयारी पूरा, चर्चित हट डिजे अर्पना आउने
[2018-01-24 오후 10:28:00]

उदयपुर सेवा समाज दक्षिण कोरियाले येहि आउदो फेब्रुअरी १५ तारिखको दिन बेलुका डान्स पार्टी को आयोजना गर्ने भएको छ । “साईला साईली डान्स पार्टी “ नामक उक्त पार्टीमा युवाहरुको ढुकढुकीमा रहेको नेपालबाट चर्चित तथा हट डिजे अर्पना आउने भएको छ ।

सिओलको छोङनो सामगा स्थित ड्रिम प्यालेस होटलमा हुने सो कार्यक्रम बेलुका ८ बजे देखि बिहान ६ बजे सम्म सन्चालन हुने आयोजक उदयपुर सेवा समाजका अध्यक्ष मधुकर राईले जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रमबाट सङ्कलित रकम आपतकालीन राहत कोषको स्थापना तथा केही रकम योङ्गिन स्थित वाउछङसा गुम्बा मा गौतम बुद्ध को मुर्ति स्थापनार्थ हस्तान्तरण गरिने पनि आयोजक सस्थाका उपाध्यक्ष प्रेम कुमार बस्नेत ले जानकारी गराएको छ ।

कोरियामा रहनु भएका सम्पुर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा उक्त डान्सपाटीमा सहभागी भई मनोरन्जन लिदै “बुद्ध नेपालमा जन्मिएका हुन” भन्ने राष्ट्रिय गौरवको अभियानमा हातेमालो गरिदिन हुन आयोजक सस्था उदयपुर सेवा समाज हार्दिक अनुरोध गरेको छ ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com