Manju Gurung

नेपाली तथा कोरियन कविहरूबीच कविता कन्सर्ट सम्पन्न
[2018-01-23 오후 6:57:00]

दक्षिण कोरियामा नेपाली तथा कोरियन कविहरूबीच कविता कन्सर्ट सम्पन्न भएको छ । नेपाल-कोरिया कल्चर सेन्टरको मुख्य आयोजनामा माघ ७ गते (२१ जनवरी,अाइतबार) कोरियाको धेजन शहरमा अवस्थित सगरमाथा होटलको हलमा सम्पन्न भएकाे उक्त कविता कन्सर्टमा प्रमुख कोरियाली कवि र कोरियामा रहेका प्रतिनिधि नेपाली कविहरूकाे सहभागीता रहेकाे थियाे

अनेसास कोरियाले सह-आयोजकको भूमिका निर्वाह गरेकाे उक्त कविता कन्सर्टमा कोरियाका चर्चित कविहरू किम जुन ते, पाक मङ गै, लि क्यु सिक, मुन चाङ गिल लगायत एक दर्जन कविहरू सहभागी भएका थिए भने नेपालको तर्फबाट कविहरू प्रमोद सारंग, यल्जी विवश, सरोज सर्वहारा, मणि भुसाल, गंगा बस्नेत, डी अार न्याैपाने सूर्य, विनाेद एकलव्य, शकुन आँसु , गोकुल थोकर, र मातृका नेम्बाङले कविता वाचन गरेका थिए ।

दुइ/दुइजनाकाे एउटा समूह बनाएर कविता वाचन गरिएकाे कार्यक्रममा पहिले कविले अाेरिजिनल कविता र त्यहि समुहका अर्का कविले अनुवादित कविता वाचन गरेका थिए । जनक सन्याल, गाेपी कृष्ण लामिछाने, डी अार न्याैपाने, मणि भुसाल र गंगा बस्नेतले कार्यक्रमकाे सुरुवातमा रेशम फिरिरि गीत गाएर मनाेरन्जन दिएका थिए भने, उत्तरार्धमा जनक सन्याल, गाेपी कृष्ण लामिछानेका छन्द कविता वाचनले नेपाली छन्द कविताकाे प्रतिनिधित्व पनि गरेकाे थियाे ।

दुई देशका कुल २२(२जना अनुपस्थित ) कविहरू लगायत करिब ६० स्रष्टाहरू सहभागी छलफल र कन्सर्टले नेपाली साहित्यका विविध विधा र मुलतः कविताहरूलाई कोरियन भाषामा अनुवाद गर्ने एक ऐतिहासिक बाटो कोरिने सह-आयोजक संस्था अनेसास कोरियाका अध्यक्ष सारंगले बताउनुभयो । सोही अवसरमा कोरियाली कवि किम ह्यङ ह्याे , कवि प्रमोद सारंग र मन्जु गुरुङद्वारा अनुवादित नेपाली तथा कोरियन कविका कविताहरू समेत सार्वजनिक गरिएकाे थियाे।



Nick Name     
comment   




कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com