Dambar Subba

श्रम सहचारी बास्तोलालाई स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
[2018-01-22 오후 10:08:00]

दक्षिण कोरियाका लागी नवनियुक्त श्रम सहचारी डिल्लीराम बास्तोलासंग कोरियामा कार्यरत नेपालीहरुका समस्या र समाधान सम्बन्धी स्वागत तथा अन्र्तक्रिया कार्यक्रम जनवरी २१ आईतबार सिओलको सिन्सोल दोङ स्थित नेपाल हाउसमा सम्पन्न भएको थियो ।

गैर आवासिय नेपाली संघ ( एनआरएन ) दक्षिण कोरिया आयोजक र नेपाल आदीवासी जनजाती महासंघ दक्षिण कोरिया सहआयोजक रहेको सो कार्यक्रममा कोरियाका विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बृहत सहभागीता रहेको थियो ।

एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा नवनियुक्त श्रम सहचारी बास्तोलालाई उपस्थित विभिन्न् संघ संस्थाका पदाधिकारीहरुले स्वागत मन्तव्यका साथै दोसल्ला ओडाएर सम्मान गरेका गरेका थिए ।

प्रमुख अतिथीको आसन ग्रहण गर्दे श्रम सहचारी बास्तोलाले कोरियामा रहेको नेपालीहरुको समस्या समाधानमा तन,मनले लागी पर्ने बताउदै कर्म भुमी कोरियामा आर्जित गरेको शीप र लगानीलाई नेपाल विकासको लागी सम्भावित अवसरको बारेमा जानकारी गराएका थिए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com