Dambar Subba

राईज फर नेपाल कन्सर्टले कोरिया तताउने निश्चित
[2018-01-22 오후 10:34:00]

कोरियाको महानपर्व सलनालको अवसरमा आयोजित राईज फर नेपाल कन्सर्ट २०१८ ले कोरियावासी नेपालहरुको माहोल तताउने निश्चित देखिन्छ ।

कोरियामा सक्रिय सामाजिक अभियन्ता युवाहरुको संस्था बुद्ध ईन्टरटेन्टमेन्ट द्धारा फेब्रुअरी १६ तारिख शुक्रबारको दिन आयोजिक सो कार्यक्रममा विश्वव्यापी सुप्रसिद्ध कमाई सकेका गायक बिपुल क्षेत्री, द ट्राभलिङ ब्यान्ड, अलि ब्रदर्स ( अÏसर अलि र साहिल अलि ),नृत्याङगाना रिना थापाले माहोल तताउने निश्चित देखिन्छ ।

त्यस्तै कोरियामा नेपालीहरु माझ लोकप्रिय कमाई सकेका चर्चित ब्यान्ड माईला गाईज, अस्तित्व ब्वाण्ड, एफडिक्यु सिस्टर्स लगायत अन्य स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक कमिटिले जानकारी दिएको छ ।

आयोजक कमिटिले यस कार्यक्रम अन्र्तराष्ट्रिय स्तरको भएको हुनाले हल पनि अन्र्तराष्ट्रिय स्तर कै रहेको र सो हलमा साउण्ड सिस्टम, लाईट तथा सुरक्षाका व्यवस्थाहरु पनि उच्च स्तरीय रहेको बताए ।

कार्यक्रमबाट मुनाफा भएको रकम पछिल्ला केहि दिन अघि म्याग्दी जिल्लाको एक स्कुलमा भएको आगलागीबाट पिडित बालबालिकाहरुलाई सहयोग गर्नुका साथै कोरियाको ख्यङगीदो प्रान्तको योङईन सिटिमा रहेको वाउछङसा गुम्बामा नेपाली प्रकारको भगवान गौतम बुद्धको मूर्ती प्रति स्थापन अभियानमा सहयोग गर्ने जनाएको छ ।

सोही कार्यक्रमको टाईटल स्पोन्सरको रुपमा रहेको जीएमई रेमिटेन्सले कार्यक्रम टिकटको अध्रकट्टीलाई भाग्यशाली चिठ्ठा मार्फत एक व्यक्तिलाई १० लाख वन उपहार स्वरुप प्रदान गरिने घोषणा पनि गरेको छ ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com