NK REPORTER

पर्यटकीयस्थल लुम्बिनी आउने पर्यटकको संख्यामा वृद्धि
[2018-01-14 오후 7:53:00]

पर्यटकीयस्थल लुम्बिनी आउने पर्यटकको संख्यामा वृद्धि आएको छ । सन् २०१७ मा एक लाख ४५ हजार ७९७ जना विदेशी पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । सन् २०१६ मा एक लाख ३६ हजार २५३ जना विदेशी पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए ।

अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब सात प्रतिशत बढी विदेशी पर्यटक लुम्बिनी आएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।

यस अवधिमा ५६ हजार २०० श्रीलंका, २१ हजार ९२६ थाइल्यान्ड, १६ हजार ३२९ चिनियाँ, १५ हजार २८४ म्यानमारका नागरिकले लुम्बिनीको भ्रमण गरेको कोषले जनाएको छ ।

यस अवधिमा एक लाख ५५ हजार ४४४ जना भारतीय नागरिकले लुम्बिनीको भ्रमण गरे भने १२ लाख ५१ हजार ३४६ जना आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषले छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com