NK REPORTER

चमेलिया जलविद्युत् आयोजनाले १५ मेगावाट विद्युत् उत्पादन सुरु
[2018-01-14 오후 7:51:00]

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाले १५ मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ ।

करिब १६ अर्ब रुपैयाँको लागतमा ३० मेघावाट क्षमताकोे विद्युत गृहमा दुईमध्ये एउटा युनिटबाट उत्पादन शुरु गरेसँगै १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए ।

सन् २००७ मा पाँच वर्षमा सम्पन्न हुने गरी शुरु भएको बहुचर्चित चमेलिया विद्युत् आयोजना विभिन्न कारणले ढिलाई भएको हो । नेपाल विद्युत् प्राधिकरणले चमेलियाको विजुली माघ ४ गतेदेखि केन्द्रीय प्रशारण लाइनमा जोड्ने तालिका बनाएको थियो । तर चार दिनअघि नै विद्युत् उत्पादन शुरु भएको हो ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com