भरतराज शर्मा (गोपाल)

इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ टुनामेन्टको चौथो संस्करण माघ ६ गते हुने
[2018-01-13 오후 2:18:00]

इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ टुनामेन्टको चौथो संस्करण माघ ६ गते हुने भएको छ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका संस्थापक अध्यक्ष स्वं इन्द्र लामिछानेको स्मृतिमा गत तीन बर्ष अधिबाट हरेक बर्ष गल्फ खेलाइने गरिएको आयोजक धरान गल्फ क्लवले जनाएको छ ।

प्रतियोगितामा देशभरका ४० एमेच्योर गल्फरहरुले प्रतिस्पर्धा गर्ने क्लवले जनाएको छ । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र रहेको निर्वाणा कन्ट्री क्लव तथा गल्फ रिसोर्टको गल्फ कोर्षमा हुने प्रतियोगिता स्ट्रोक प्लेका आधारमा हुने छ ।

१८ होल, पार ७० को खेलमा विजेताले ट्रफी सहित १० हजार रुपैया बराबरको उपहार भौचर प्राप्त गर्ने छ ।

त्यस्तै दोस्रोले ६ हजार रुपैया बराबरको उपहार भौचर, तेस्रोले ३ हजार ५ सय बराबरको उपहार भौचर प्राप्त गर्ने क्लवका अध्यक्ष पूर्ण लिम्बूले जानकारी दिनुभएको छ ।

त्यस्तै बेष्ट ग्रसले ४५ सय बराबरको गिफट भौचर, लङ्गेष्ट ड्राइभ, नियरेष्ट टु दी पिन र मोष्ट बर्डिजले जनही २ हजार रुपैया बराबरको गिफट भौचर र ट्रफी पाउने छन् ।

यो प्रतियोगितामा रोयल नेपाल गल्फका एमेच्योर गल्फरहरुलार्इ समेत आमन्त्रण गरिएको क्लवले जनाएको छ ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com