भरतराज शर्मा (गोपाल)

माघे सक्रँन्ती पर्व नजिकिएसगै बजारमा चहलपहल बढ्यो
[2018-01-13 오후 2:18:00]

सुनसरीको स्थानीय बजारहरुमा माघे संक्रान्तिका लागि आवश्यक पर्ने सरसामान किन्नेहरुको चहल पहल बढेको छ । संक्रान्ति नजिकिएसँगै जिल्लाको ईटहरी,धरानको सब्जी मन्डी,अमान बजार परिसर लौकीही ,ईनरुवा, हरिवन, भरौल, चतरा, , प्रकाशपुर, हरिपुर जस्ता स्थानमा लाग्ने देनिकी मूख्य बजार र ग्रामीण भेगका हाट बजारमा सरसामान किन्नेको भीड बढेको छ ।

माघे संक्रान्ति करिब २ दिन बाकी रहदा बजारमा तिल, सख्खर, भुजा, तरुल, चिउरा जस्ता खाद्य वस्तुको व्यापार ह्वातै बढेको धरान सब्जी मन्डीका तरकारी ब्यासायी गरिबी शाहको भनाई छ । उनको स्थानीय भाषमा (तिला सकराईत ) अर्थात माघे सक्रान्ती पर्बमा यी परिकारका बिक्रि बतिरण अत्याधिक हुने गरेकाले बजारमा भिड लागेको हो ।

उनका अनुसार अन्य बेलाको तुलनामा यो सिजनमा रामै ब्यापार हुने गरेको र हाल धनकुटामा स्थानीइले राजधानी माग्दै गरेको बन्दाका कारण पनि दैनिक उपभोग हुने साग सब्जी लगायतका बस्तुको मुल्य बृद्धि भएकाले राम्रै कमाई भएको छ ।

माघ १ गते मनाइने माघे संक्रान्तिमा यस्ता वस्तुबाट विभिन्न परिकार बनाएर खाने प्रचलन सर्बसाधारण नेपालीहरुमा रहेको छ । बिशोष्गरी मधेशी मुलका ब्यक्तिहरुले तील तथा सक्खर जन्य बस्तुको अत्याधिक मात्रामा प्रयोग गर्नै गर्दछन ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com