NK REPORTER

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधिको अभाव
[2018-01-12 오후 5:58:00]

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधिको अभाव भएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधि अभाव भएपछि बिरामी समस्यामा परेका छन् ।

सरकारले उपलब्ध गराउने ७२ प्रकारका निःशुल्क औषधिमध्ये अधिकांश औषधि सकिएको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए ।

अस्पतालमा धेरै प्रयोग हुने औषधि सकिएको र कम प्रयोग हुने केही औषधिमात्र बाँकी रहेको देवकोटाको भनाइ छ ।
औषधि नपाएपछि अस्पतालमा आएका बिरामी स्वास्थ्य परीक्षण गरेर अन्यत्रै औषधि किन्न बाध्य छन् । औषधि किन्न सरकारले वार्षिक बजेट दिने गरेकामा यस वर्ष नआएकाले किन्न नसकिएको अस्पतालको भनाई छ ।

मानव विकास तथा सामुदायिक सेवा संस्थाको व्यवस्थापनमा सञ्चालन भएको सामुदायिक अस्पतालमा निःशुल्क औषधिका लागि नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत अनुदान दिँदै आएको छ ।

पछिल्लो समय स्वास्थ्यसम्बन्धी सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला अस्पतालले औषधि किन्न नसकेको हो ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com