एजेन्सी

रुसका राष्ट्रपति पुटिनले उत्तर कोरियाली सर्वोच्च नेता उनको प्रशंसा
[2018-01-12 오후 5:56:00]

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको प्रशंसा गरेका छन् ।

अमेरिकाले उत्तर कोरियाली नेताको लगातार आलोचना गरिरहँदा रुसी राष्ट्रपति पुटिनले भने खुलेर प्रशंसा गरेका हुन् । पुटिनले उत्तर कोरियाली नेता किमलाई एक सक्षम र परिपक्व नेता भनेर प्रशंसा गरेका छन् ।

कोरियाली प्रायद्वीपमा तनाव कम गर्नका लागि उत्तर कोरियाली नेता किमले गरेको प्रयास प्रशंसनीय रहेको रुसी राष्ट्रपति पुटिनको भनाइ छ । उत्तर कोरियासँग परमाणु अस्त्र र वैश्विक स्तरमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र रहेको चर्चा गर्दै पुटिनले भने, ‘यसका बाबजुद उत्तर कोरियाली नेता किमले तनावको स्थितिलाई सुल्झाउन गरेको प्रयास प्रशंसनीय छ ।’

पुटिनले हालै उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको वार्तालाई सकारात्मक रुपमा आफूले लिएको पनि बताए ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com