एजेन्सी

अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी
[2018-01-12 오후 5:55:00]

अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । सन् २०१५ मा इरानसँग गरिएको आणविक कार्यक्रम नियन्त्रणसम्बन्धी एउटा महत्वपूर्ण सम्झौताबाट पछि हट्ने संकेत दिँदै अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

उक्त सम्झौताले इरानमाथिका थुपै्र प्रतिबन्ध हटाएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने इरानले आणविक इन्धन प्रशोधनको काम जारी राखेकाले इरानमाथिको प्रतिबन्ध कडा पार्नुपर्ने तर्क गर्दै आएको छ ।

यस विषयमा निर्णय गर्न राष्ट्रपति ट्रम्पलाई एकदिनकोे समय छ । उक्त समयभित्रै अमेरिकाले इरानमाथि थप नाकाबन्दी घोषणा गर्ने ट्रम्प सरकारका एक मन्त्रीले बताएका छन् ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com