NK REPORTER

पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएपछि बार एशोसिएशनले धारणा सार्वजनिक गर्ने
[2018-01-12 오후 5:51:00]

सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएपछि धारणा बनाउन नेपाल बार एशोसिएशनले आज आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।

सल्लाहकार र कार्यसमितिका सदस्यहरुसँग छलफल गरी सचिवालयको बैठकपछि धारणा सार्वजनिक गरिने अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्धको अवहेलना मुद्दामा सुनुवाईका क्रममा सर्वोच्च अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएपछि उनको हैसियत के हुने भन्ने प्रश्न उब्जेको छ ।

एकथरी नैतिकताको आधारमा पराजुलीले कामबाट अलग बस्नुपर्ने बताइरहेका छन् भने अर्काथरी निर्वाध काम गर्न संविधान र कानुनले नरोकेको जिकीर गरिरहेका छन् ।

यसबारेमा वकीलहरुको साझा संस्था नेपाल बार एशोसिएशनको धारणा अहिलेसम्म सार्वजनिक भएको छैन ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com