NK REPORTER

काठमाडौंमा पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको मृत्यु
[2018-01-12 오후 5:48:00]

काठमाडौंको न्यू प्लाजा नजिकै शुक्रबार पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार टाउको बाहिर निकालेर पार्किङस्थलबाट टेम्पो सडकमा निकाल्ने क्रममा पोलमा घाँटी च्यापिएर चालकको मृत्यु भएको हो ।

सामाखुशी बस्दै आएकी झापा महारानीझोडा गाउँपालिका–८ की ४३ वर्षीया तुलसा थापाको मृत्यु भएको हो । बिहान सवा ६ बजे टाउको बाहिर निकालेर टेम्पो ब्याक गरी सडकमा निकाल्ने क्रममा पार्किङ स्थलमा रहेको फलामको पोलमा तुलसाको घाँटी च्यापिएको थियो । उनको उपचारको क्रममा पौने ७ बजे राष्ट्रीय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी वृत सिंहदरबारले जनाएको छ



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com