NK REPORTER

माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाए
[2018-01-12 오후 5:44:00]

नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले शुक्रबार आफ्नो राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएका छन् । सरकारमा गएको ८ महिनापछि माओवादीका मन्त्रीहरुले सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन् ।

माओवादीका सबै मन्त्री र राज्यमन्त्रीका तर्फबाट मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । यसअघि, उनीहरुले आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका थिए ।

पार्टी बैठकपछि मन्त्री पोखरेल मन्त्रिपरिषदबाट फिर्ता आउने अध्यक्ष पुष्पकमल दाहालको पत्र लिएर सिंहदरबार पुगेका थिए । पत्रमा दाहालले निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गर्दै ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो गरेका छन् ।

सरकारमै रहेर विपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर बिनाविभागीय हैसियतमा झारिदिएका थिए । बिनाविभागीय भइसकेपछि पनि विभिन्न बहानामा माओवादीका मन्त्रीहरु सरकारमै रहेर कामैबिना तलबभत्ता बुझिरहेका थिए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com