NK REPORTER

छिन्ताङ काण्डमा मारिएका १६ जनालाई शहीद घोषणा
[2018-01-12 오후 5:01:00]

सरकारले तात्कालीन पञ्चायत व्यवस्थाको समयमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठक उक्त निर्णय गरेको हो ।२०३६ साल कात्तिक २७ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बहानामा प्रहरीले गोली चलाउँदा १६ जना मारिएका थिए ।

सूर्यबहादुर थापा प्रधानमन्त्री रहेका बेला उक्त हत्याकाण्ड मच्चाइएको थियो । यसैगरी सरकारले लाइफ स्टक कार्यक्रमका लागि विश्व बैंकबाट आठ अर्ब सहयोग स्वीकार्ने निर्णय पनि गरेको छ ।प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने निर्णय भने आज पनि भएन । प्रदेश प्रमुख र अस्थायी मुकाम बारे छलफल भएपनि नतोकिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै, नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथीमा बढुवा गरिएको छ । उनलाई यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृति पनि दिइएको छ । यसैगरी प्राविधिक महासेनानी गेहेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा पदोन्नती र पदस्थापन गर्ने निर्णय पनि गरिएको छ ।

महेन्द्रनाथ उपाध्यायलाई नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दै पदस्थापन गरिएको छ भने पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्त गरिएको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com