NK REPORTER

गणतन्त्र स्थापना भएपछि यसपाली तामझामका साथ राष्ट्रिय एकता दिवस मनाइयो
[2018-01-11 오후 7:27:00]

पृथ्वीनारायण शाहको जन्मदिनलाई नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि यसपाली तामझामका साथ राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ ।

विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरेको थियो । तर यो वर्षदेखि सार्वजनिक बिदा नै दिन सरु गरेर पृथ्वी जयन्ती मनाइएको हो ।

देश तथा विदेशमा स्वतस्फूर्त रुपमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ ।

सरकारका तर्फबाट सिंहदरबारको मूल ढोकास्थित पृथ्वीनारायण शाहको शालिकमा औपचारिक कार्यक्रम गरि जन्मजयन्ती मनाइयो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा नै उपस्थित भई एकीकरणका नायकप्रति माल्यार्पण गरे ।

उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे ।

त्यसअघि विभिन्न स्थानबाट निस्केको र्‍यालीसहितको टोली शालिक भएको स्थानमा पुगेको थियो ।



Nick Name     
comment   




बुद्धको प्रतिमा राख्ने भवन निर्माण कार्यको शिलान्यास, बुद्धको प्रतिमा हस्तन्तारण


नायक दयाहाङलाई रिमुजीन र रेड कार्पेटमा स्वागत, कान्छी फिल्म भने अव्यवस्थित












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com