NK REPORTER

शीतकालीन खेलमा सहभागिता जनाउन 'उत्तर' दक्षिण कोरिया जाने
[2018-01-10 오후 7:28:00]

उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन खेलमा आफ्नो सहभागिता रहने बताएको छ । दुई कोरियामा भएको वार्तापछि उत्तर कोरियाले सो जानकारी गराएको हो । उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरु फेबुअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने भएको जनाएको हो ।

सो खेलकूदमा उत्तर कोरियाले पठाउने भनिएको टोलीमा खेलाडी, प्रतिनिधि र समर्थकका साथै अन्य नागरिक पनि हुने उत्तर कोरियाका वार्ता टोलीका एकजना सदस्य सोलमा जानकारी दिएका छन् । उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीच सन् २०१५ पछि अर्थात् दुई वर्षयता पहिलोपटक वार्ता भएपछि यो घोषणा भएको हो ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com