NK REPORTER

चिसोले चारको मृत्यु
[2018-01-09 오후 5:57:00]

पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारीमा चिसोको कारण एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७० वर्षीय इसा मियाको उनकै घरमा जाडोले कठ्याङग्रीएर मृत्यु भएको हो । यसैबीच सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका–१ मा एक बालिकाको मृत्यु भएको छ ।स्थानीय गुल्डेन मण्डलकी ६ महिनाकी छारी पार्वती मण्डलको चिसोको कारण मृत्यु भएको हो ।

बालिका निमोनियाको बिरामी रहेको बताइएको छ । यस्र्त सप्तरीकै तिरहुत गाउँपालिका–१ बस्ने ६० वर्षीया भटानीदेवी यादवको पनि मृत्यु भएको छ । सप्तरीमै खडक नगरपालिका–७ बस्ने ६४ वर्षीय प्रेम बहादुर माझीको पनि आफ्नै घरमा सुतिरहेको अवस्थामा चिसोकै कारण मृत्यु भएको छ ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com