NK REPORTER

नवलपरासीको परासीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु
[2018-01-09 오후 5:33:00]

भैरहवा–भूमही सडक खण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा मंगलबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अरु चारजना घाईते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

परासीबाट भूमहीतर्फ जाँदै गरेको माईक्रो बस विपरित दिशाबाट आउँदै गरेको ट्रकसँग रामग्राम नगरपालिका रानिपाकडमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा बसका सहचालक रामग्राम नगरपालिका–५ परासीका २६ वर्षीय जितेन्द्रकुमार पाण्डे र बसमा रहेका रामग्राम नगरपालिका–२ पुरानो बैंकटोल बस्ने ३५ वर्षीय अरविन्द ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । रामग्राम–१६ का बस चालक हरिनारायण केवटको अवस्था भने गम्भीर छ ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com