NK REPORTER

मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद थप गरिए आन्दोलनमा उत्रिने चेतावनी
[2018-01-08 오후 8:10:00]

वरिष्ठ अधिवक्ता तथा संविधानविद् दिनेश त्रिपाठीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद थप गरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सोमबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले म्याद थप गरिए मानव अधिकारकर्मी, कानुन व्यवसायी र द्वन्द्वपीडितहरु सबै आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कुनैपनि आयोगको म्याद दुई वर्षमात्र हुने र एक वर्षमात्र थप गर्न पाउने व्यवस्था रहेको उनको भनाइ थियो ।कार्यक्रममा द्वन्द्वपीडित समाजका अध्यक्ष जनक रावतले ती दुवै आयोगले तीन वर्षसम्म केही पनि काम नगरेको आरोप लगाए ।

उनले ती दुवै आयोगले अहिलेसम्म के–के गरे कतिओटा घटनाहरुको सत्यतथ्य बाहिर आयो भन्ने विवरण नदिएसम्म म्याद थप्न नहुने बताए । म्याद थप गरिए त्यसको विरोधमा आफूहरु उत्रिने उनको भनाइ थियो ।यस्तै, मानवअधिकारकर्मी चरण प्रसाइँले सुरुमै गलत तरिकाले आयोग गठन गरिएको जिकिर गरे ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com