रासस

श्रीमती बेपत्ता भएपछि पत्रकार सम्मेलन
[2018-01-08 오후 7:44:00]

मोरङमा नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् । बूढीगंगा गाउँपालिका–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिइ पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए ।

एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उनले बताए ।
बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरीसमेत दिएको भएपनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए ।

गिरानन्द पासवानले श्रीमती बेपत्ता हुनुअघि मोबाइलको ‘कल डिटेल’ हेर्दा एकजनासँग ६४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी पनि दिए ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com