NK REPORTER

शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या १६
[2018-01-08 오후 6:32:00]

शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । गएराति सप्तरीको खडक नगरपालिका–७ खोरियाका ६० वर्षीय प्रेमकुमार माझी र तिलाठी कोईलाडी गाउँपालिका–४ का ७० वर्षीय नारायण मुखियाको चिसोका कारण मृत्यु भएपछि मृतकको संख्या १६ पुगेको हो ।

दुबै जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि शीतलहरका कारण ७ महिने बालकसहित १४ जनाको मृत्यु भएको थियो ।

यसैबीच सोमबार भने बिहानैदेखि घाम लागेपछि सप्तरीमा केही राहत भएको छ । एक सातादेखि बाक्लो हुस्सु र शीतलहर खेपिरहेको सप्तरीमा फेरि चहल पहल बढेको छ ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com