रासस

गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा एक अभियुक्त मृत फेला
[2018-01-07 오후 6:18:00]

झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आज बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् ।

गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन्धानकै क्रममा हिरासतमा थिए ।

उनीसँगै हिरासतमा अन्य दुई कैदीसमेत रहेको बताइएको छ । इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक नारायण गौतमले यादवले आत्महत्या गरेको बताए ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com