NK REPORTER

काठमाडौंलगायत देशभर चिसो
[2018-01-07 오후 5:12:00]

पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएकाले काठमाडौंलगायत देशभर चिसो बढेको छ ।
काठमाडौंमा आज बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष कै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि शुक्रबार १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबारको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो ।

गएको वर्ष माघ १ गते न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम माइनस ३ दशमलव ५ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अन्य स्थानमा पनि चिसो निकै बढेको छ । गत २४ घण्टामा जुम्लामा सबैभन्दा धेरै चिसो भएको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २, जोमसोमको माइनस ४ दशमलव ७ र जिरीको माइनस् ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com