NK REPORTER

पूर्वी हिमाली जिल्ला ताप्लेजुङको तापक्रम आज यस वर्षकै कम मापन
[2018-01-07 오후 4:55:00]

पूर्वी हिमाली जिल्ला ताप्लेजुङको तापक्रम आज यस वर्षकै कम मापन गरिएको छ । आज विहानको न्यूनतम तापक्रम १ दशमलब ४ डिग्रि सेल्सियस मापन गरीएको हो । पूर्वी क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार यो यस वर्षकै कम तापक्रम हो ।

यस अघि हिजो २ दशमलब ४ डिग्री मापन गरिएको थियो भने दिउँसोको तापक्रम १५ डिग्री सेल्सियस मापन गरीएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङकी सरस्वती ईजमले जानकारी दिइन् । पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौषमविद्को भनाई छ ।

सदरमुकाम फुङ्लिङमा नै १ दशमलब ४ डिग्रि सेल्सियस मापन गरिदा माथिल्लो क्षेत्रमा तपक्रम माईनसमा झरेको हुनसक्ने हावापानी फिल्ड कार्यालयको भनाई छ । चिसो बढे पनि हिमपात भने नभएको तर तुसारो झर्ने र पानी जम्ने क्रम भने सुरु भएको कार्यालयले बताएको छ ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com