NK REPORTER

पौडेलको हत्याविरुद्ध बुटवल बन्द, हत्याको जिम्मेवारी मनोज पुनले लिए
[2018-01-05 오후 6:59:00]

रुपन्देहीको देवदह नगरपालिकामा बार्ड नम्बर २ ढेकावारमा गोली प्रहारबाट ३५ बर्षिय बसन्त पौडेल.(बलु )को हत्या भएको बिरोधमा बुटवलमा अहिले बन्द भएको छ । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवाहरुले १२ बजेदेखी बन्द गरेका हुन् । बन्दबाट पुर्व पस्चीम राजमार्गमा चल्ने सवारी साधन रोकिएका छन् । अज्ञात ब्यक्तीले शुक्रवार बिहान सवा ११ बजे पौडेललाई आफ्नो स.मिल देवदहमा आगो तापेर बसेका बेला गोली प्रहार गरेका थिए । पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको अस्पताले जनाएको छ।

पौडेल देवदह गाबिसका पूव अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्ला छोरा हुन् । एक बर्षअघि सोही गाउंमा युवा संघका नेता दुर्गा तिबारीको हत्या भएको थियो । बसन्त दुर्गाका नजिकका साथी थिए । शनिवार हत्याको बिरोधमाम रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाह ठकुरीले बताए । घटना लगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने ब्यक्तीले बुटवलका केही सञ्चारकर्मीलाई फोन गरी हत्या आफूले गरेका बताएका छन् ।

एक बर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको बताएका थिए । गोली कसले चलायो भन्नेबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटबलका डीएसपी पवन भट्टराईले बताए । हत्यामा संलग्नको पहिचान नभएको र अनुसन्धान सुरु गरिएको जानकारी दिए । गोली प्रहार गर्ने ब्यक्ती कालो डिस्कभर मोटरसाईकलमा रोहिणी खोला तिर भागेको स्थानीयले बताएका छन् ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com