संजय बिश्वकर्मा

कथित बोक्सीको आरोपमा कुटपिट गर्ने दुई महिला पक्राउ
[2018-01-05 오후 3:17:00]

कथित बोक्सीको आरोपमा कुटपिट गर्ने दुई महिला बुधबार पक्राउ परेका छन् । लहान २१ खोरिया टोल बेतहा बस्ने बर्ष ३५ की ईनरदेवी दास र सोही ठाउं बस्ने बर्ष १८ की निलम दासले कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ परेका छन् । उनीहरुले आफ्ना छिमेकी बर्ष ३८ की रितादेवी दासलाई स्थानीयको सहयोगमा रक्तामय गरी कुटपिट गरेको थियो । रितालाई गालीगलौज गर्दै उनीहरुले आफ्नो पतिलाई पनि रोगी बनाउंने तिमी नै हो ।’ ‘मेरो घर परिवारमा रोग बसाउंने तिमी नै हो ।’ भन्दै उनीहरुले रितालाई कपाल समाती पछारेका थिए । बोक्सीको आरोप लगाउंदै रितालाई निलम र ईनरदेवीले भूईमा पर्छार्दै घिर्सादै बांसको लठ्ठीले कुटपिट गरी नग्याएरको र जिउभरी निलडाम पारेको छ ।

गाउँकै केही धामीले रिता बोक्सी भएको भन्दै रितालाई तीन पटक बोक्सीको आरोपमा कुटपिट गर्दा गाउंमै छलफलबाट मिलाउंने गरेको थियो । यस पटक आफु निर्दोष हु भन्दै कानुनी उपचारको ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका थिए । उजुरीका आधारमा कुटपिट गर्नेपक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेपछि एमालेका नेता कार्यकर्ताहरुले आमाछोरी ईनर र निलमलाई थुनामुक्त गराउंन प्रहरीलाई दवाव दिएका छन् । घाईते भएकी रिता दासको उपचार लहान अस्पतालमा भएको छ भने कुटपिट गर्नेपक्षलाई थुनामुक्त गर्न कसरत भइरहेको छ



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com