NK REPORTER

स्थलमार्ग हुँदै नेपाल भित्र्ने पर्यटकको संख्यामा वृद्धि
[2018-01-04 오후 7:17:00]

स्थलमार्ग हुँदै नेपाल भित्र्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । स्थलमार्ग हुँदै रुपन्देहीको बेलहिया नाकाबाटमात्रै १ लाख ५० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । बेलहिया स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटकहरु नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो नाका हो ।
अध्यागमन कार्यालय बेलहियाकाअनुसार सन् २०१७ मा यो नाका हुँदै १ लाख ५० हजार ८४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो तथ्यांक भारतीय पर्यटकबाहेकको रहेको सूचना अधिकृत गिरीराज खनालले बताए । सन् २०१६ मा यो नाका हुँदै १ लाख ४७ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए ।

यो नाका हुँदै श्रीलंका, थाइल्यान्ड, म्यानमार, दक्षिण कोरिया, भियतनाम, चीन तथा युरोपियनलगायतका देशहरुबाट पर्यटक नेपाल आउने गर्छन् ।

यो नाकाबाट नेपाल आउने पर्यटकको मुख्य गन्तव्य लुम्बिनी, कपिलवस्तु र रामग्राम तथा नेपालका हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ तथा काठमाडौं, चितवन, पोखरा हुने सूचना अधिकृत खनालले बताए ।

अध्यागमन कार्यालयकाअनुसार २०१३ मा खस्किएको पर्यटक आगमन त्यसपछि निरन्तर वृद्धि भइरहेको छ ।सन् २०१४ मा १ लाख १७ हजार २६३ जना तेस्रो मुलुकका पर्यटक भित्रिएका थिए । सन् २०१५ मा १ लाख २० हजार ६३७ पर्यटक यो नाका हुँदै नेपाल भ्रमणमा आएका थिए ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com