SHAMBHU MALI

कपिलवस्तुमा प्रदेश नम्बर–५ को राजधानी कायम हुनुपर्ने माग गर्दै आन्दोलन सुरु
[2018-01-04 오후 6:47:00]

कपिलवस्तुमा प्रदेश नम्बर–५ को राजधानी कायम हुनुपर्ने माग गर्दै आन्दोलन सुरु भएको छ । बिहीबार सदरमुकाम तौलिहवामा दुई घन्टा चक्काजाम गरिएको छ । बिहान ११ देखि अपराह्न १ बजेसम्म तौलिहवाको प्रशासनचोक, आन्दोलनचोक र गौडीचोकमा चक्काचाम गरिएको हो ।

खुला संग्रहालय, गौतमबुद्धसँग सम्बन्धित १०० भन्दा बढी स्थल भएकाले कपिलवस्तुमा प्रदेश–५ को राजधानी बनाउनुपर्ने एमाले स्थानीय नेता रउफ अहमद खाँले बताए ।

माओवादी केन्द्रका स्थानीय नेता दीपक पाण्डेले कपिलवस्तुमा प्रादेशिक राजधानी नतोकिए निरन्तर संघर्ष गर्ने चेतावनी दिए ।

आगामी शनिबार जिल्लाभरका स्थानीय तहकेन्द्रित आन्दोलन गरिने बताइएको छ । माग पूरा नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी संघर्ष समितिले दिएको छ ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com