NK REPORTER

संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशप्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्न सुझाव
[2018-01-04 오후 6:11:00]

संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशप्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी चाँडो तोक्न सरकारलाई वाम गठबन्धनका नेताहरुले सुझाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको बैठकले संवैधानिक प्रक्रिया पूरा गरेर नयाँ सरकार गठनको बाटो खोल्न सुझाव दिएको हो ।

बैठकमा नेताहरुले राष्ट्रियसभाको निर्वाचनको मिति चाँडो तोक्न सरकारलाई दबाब दिए । बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र माओवादी केन्द्रलगायतका दल प्रदेशप्रमुख नियुक्ति र केन्द्र सरकारले तोक्ने विषयमा सहमत भएको बताए ।

उनले निर्वाचन आयोगसँग परामर्श गरेर चाँडै राष्ट्रियसभा निर्वाचनको मिति तय गर्ने सहमति भएको पनि बताए । वाम गठबन्धनका नेताहरु नाराणकाजी श्रेष्ठ र भीम रावलले आवश्यक संवैधानिक प्रक्रिया पूरा गरेर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेको बताए ।

प्रदेशप्रमुखको नियुक्ति र केन्द्र तोक्ने सम्बन्धमा सरकारलाई आवश्यक काम थाल्न सुझाव दिएको उनीहरुको भनाइ थियो ।
उनीहरुले राष्ट्रियसभा निर्वाचन प्रक्रियालाई अगाडि बढाउन विलम्ब नगर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताए ।
एमाले–माओवादी केन्द्रका नेताहरुले कामचलाउ सरकारले दीर्घकालीन असर पर्ने नियुक्ति, सरुवा, बढुवा नगर्न सुझाव पनि दिएका छन् ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com