NK REPORTER

काठमाडौंमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु
[2018-01-04 오후 6:06:00]

आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको आयोजना नेपाल राष्ट्रिय दोर्जे शुम्देन समाजले गरेको हो । सम्मेलनमा नेपाल, चीन, श्रीलंका, ईटली, अमेरिका, जर्मनलगायत ८० राष्ट्रका वौद्ध धर्मावलम्बीको सहभागिता छ । सम्मेलनमा गौतम बुद्धले विश्वका लागि दिएको शान्तिको अवधारणाबारे छलफल हुनेछ ।

सहभागी बौद्ध धर्मगुरुहरुले बुद्धको ज्ञान विश्वमा शान्ति कायम गर्नका लागि उपयोगी भएकाले सबैले व्यवहारिक रुपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए । सम्मेलनको उद्घाटन रक्षामन्त्री भिमसेनदास प्रधानले गरेका थिए ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com