NK REPORTER

अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै आमहडताल
[2018-01-03 오후 7:58:00]

प्रदेश नम्बर–१ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै धनकुटावासीले बुधबारदेखि आमहडताल आह्वान गरेका छन् ।

हडतालका कारण बुधबार बिहानैदेखि धनकुटा बजार बन्द रहेको छ । कोसी राजमार्गमा सवारी–साधन गुडेका छैनन् ।

सवारी–साधन बीच बाटोमै रोकिँदा यात्रीहरु अलपत्र परेका छन् । सवारी–साधन नचल्दा धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरकोसमेत जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताले राजमार्गमा टायर बालेर सवारी–साधन चल्न नदिएका हुन् । एम्बुलेन्स, प्रेस, विद्यालय, दूध र तरकारी बोकेका सवारी–साधनलाई भने रोकिएको छैन ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com