NK REPORTER

सीमा क्षेत्रमा भारतीयहरुको दादागिरी अझै रोकिएन्
[2018-01-02 오후 7:07:00]

सीमा क्षेत्रमा भारतीयहरुको दादागिरी अझै रोकिएको छैन् । कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय नागरिकहरुले एक नेपालीलाई कुटेका छन् । भारतीय नागरिकको कुटपिटबाट महाकाली नगरपालिका वडा नम्बर ३ खत्री टोलका छबिलाल बुढा गम्भीर घाइते भएका छन् ।

नयाँ वर्ष मनाउने भन्दै उनलाई भारतीय साथी श्रवण रानाले भोज खुवाउन बोलाएका थिए । उत्तराखण्ड, उधम सिंह नगर, नगरा ग्राम पञ्चायतबाट भोज खाएर फर्किने क्रममा उनीमाथि उनकै साथी श्रवण राना लगायतका ३ जनाले मर्णासन्न गरि कुटपिट गरेका हुन् ।

कुटपिटपछि उनलाई नालामा बेहोस अवस्थामा फेला पारिएको स्थानियले बताएका छन् । भारतीयहरुले नेपाली भूमीमै कुटपिट गरेको घाईते छबिलाल बुढाले बताए । भोज खुवाएपछि बाटोमा भारतीयहरुले बुढालाई एकान्तमा लिएर निर्घात कुटपिट गरि महाकाली नगरपालिकाको एक नालामा बेहोस बनाएर फालेको माहाकाली नगरपालिका वडा नम्बर ३ का वडा सदस्य पप्पु थापाले जानकारी दिए ।

कुटपिटको कारण बुढाको कान तथा टाउकोमा गहिरो चोट लागेको छ । ‘नयाँ वर्षका भोज खुवाउन बोलाए, बाटोमा कुटे’ घाईते छबिलाल बुढाले भने । बुढालाई तिन जना भारतीयहरुले लछारपछार गर्दै कुटेको बताईए ।

‘अचानक कुटपिट गर्न थालेपछि ज्यान जोगाउनै धौं धौं र्पयो’ बुढाले भने । सिमा क्षेत्रमा एसएसबी तथा भारतीय नागरिक महाकाली नगरपालिकाका स्थानीयहरु बिगत लामो समय देखि ज्यादती खेप्दै आएका छन् । सीमा क्षेत्रमा बर्षौ देखि चोरी डकैती, लुटपाट सहन बाध्य दोधरा चाँदनीबासी अब भारतीयको कुटपिट पनि सहन बाध्य भएका छन् ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com