एजेन्सी

दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताका लागि प्रस्ताव
[2018-01-02 오후 5:08:00]

दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको छ । आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा परामर्श गर्न यही जनवरी ९ मा उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले प्रस्ताव गरेको हो ।

उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको जनाएपछि दक्षिणले यो प्रस्ताव गरेको हो । किमले शीतकालीन ओलम्पिकमा आफ्नो देशको सहभागिताका बारेमा सोचिरहेको पनि बताएका थिए ।

दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरियाको प्रस्ताव सम्बन्ध सुधारका लागि सुनौलो मौका रहेको प्रतिक्रिया दिएका सन्दर्भमा यो प्रयास हुन लागेको हो ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com