NK REPORTER

पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाईं
[2018-01-01 오후 3:10:00]

ईस्वी सम्वतको नयाँ वर्षका दिन आज पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाईंदै छ ।नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको हो । नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

विगत केही वर्षदेखि जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई अन्तर्राष्ट्रिय टोपी दिवसको रुपमा मनाउन थालिएको हो । टोपी दिवसका अवसरमा जागरुक युवा अभियान नेपालको आह्वानमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवा युवतीले ¥यालीसमेत निकालेका छन् ।

ढाका र भादगाउँले टोपीमा सजिएर भेला भएका युवायुवतीले नेपाली टोपीको प्रवद्र्धनका लागि विभिन्न प्लेकार्ड बोकेर शहरका विभिन्न भागका परिक्रमा गरेका थिए । यसैगरी पर्यटन पत्रकार संघ नेपाल र राष्ट्रिय पर्यटन पत्रकार संघले पनि काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम गरी टोपी दिवस मनाएका छन् ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्हरुको भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले पनि आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
टोपी दिवसको अवसरमा देशका विभिन्न जिल्लामा पनि कार्यक्रम गरिएका छन् ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com