NK REPORTER

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
[2017-12-29 오후 4:27:00]

बिहान साढे १० बजे सुरु नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रदेशसभा समानुपातिक सूची, सरकारले राष्ट्रपति कार्यालयमा पेश गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेशबारे छलफल सुरु भएको थियो।

छलफल चल्दै गर्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभा विधेयकबारे छलफल गर्न राष्ट्रपति निवास जानुपरेकाले बैठक केहीबेर रोकिएको थियो।

भेटलगत्तै राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिसकेकी छन्।कांग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतका अनुसार प्रदेशसभा समानुपातिक सूची निर्वाचन आयोगमा आजै पठाउनुपर्ने भएकाले यसबारे छलफल जारी छ।

‘यो सूची तयार पारेर निर्वाचन आयोगमा पठाउने काम हुन्छ, केही कानुनी अड्चन देखिए पनि अहिले निर्वाचन आयोगको निर्देशन अनुसार नै प्रदेशसभा सदस्यको समानुपातिक सूची पठाउने निर्णय भएको छ, ’ उनले भने।

बैठकमा कांग्रेस सभापति देउवा, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत सहभागी छन्।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com