Dambar Subba

कोरियामा १२ जना नेपाली सहित हुन्डीको कारोबार गर्ने २६ जनाको गिरोह पक्राउ
[2017-12-21 오후 9:00:00]

कोरियाको ख्यङगि नामबु प्रहरी कार्यलय अन्र्तगतको अन्र्तराष्ट्रिय अपराध अनुसन्धान विभागले हुण्डीको कारोबार गर्ने कोरियन,चाईनीज र नेपाली गरि जम्मा २६ जनाको गिरोहलाई पक्राउ गरेको कोरियाली समाचार पत्रहरुले जनाएको छ । समाचारपत्रमा अन्र्तराष्ट्रिय अपराध अनुसन्धान विभागले अमेरिकी डलर २८० बिलियन बराबर रकमको प्रमाण सहित अपराधीहरुलाई पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेहरुमा कोरिया मुलकका चीनका नागरिक २ जना, चीनका नागरिक ११ जना , कोरियन नागरिक १ जना र नेपाली १२ जना गरि जम्मा २६ जनालाई पक्राउ गरि अनुसन्धान गरि रहेको समाचारपत्रमा उल्लेख गरिएको छ ।

ख्यङगिदो प्रान्तको सुवन सिटिमा नेपाली रेष्टुरेन्ट संचालन गर्दे आएका पी नाम गरेका एक नेपालीले २०१५ सालको ९ महिना देखि हाल सम्म ११० बिलियन अमेरिकी डलर बराबरको रकम हुण्डी मार्फत पठाएको अनुसन्धानमा पुष्टि भएको प्रहरीले बताएको छ ।

प्रहरीको अनुसन्धानमा कोरिया मुलकका चीनको नागरिक सोन नामक व्यक्तिले सिओलको यङदोङफो स्थित मनी एक्सचेन्जको कारोबार गर्दे २०१३ सालको ४ महिना देखि हाल सम्म २६३१ बिलियन अमेरिकी डलर बराबरको रकम हुण्डी मार्फत चीनमा पठाएको प्रमाणित भएको बताएको छ ।

हुण्डीको कारोबार गर्ने नेपालीहरुले चीनको नागरिकहरुसंग मिलेर हुण्डीको रकम चीन मार्फत नेपाल भित्रिने गरेको समाचार पत्रमा उल्लेख गरिएको छ ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com