Dambar Subba

कोरियामा नेपाली चलचित्र फाटेको जुत्ता प्रदर्शनी
[2017-12-18 오후 10:16:00]

नुवाकोट सेवा समाज दक्षिण कोरियाको आयोजनामा हिजो सिओलको छोङगाक स्थित छोगेसा गुम्बाको सांस्कृतिक हलमा नेपाली कथानाक चलचित्र फाटेको जुत्ता प्रर्दशनी भएको थियो । कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित नुवाकोट सेल्टर संचालन सहयोगार्थ रुवरुप आयोजित सो कार्यक्रममा कोरियाका विभिन्न संघ संस्थाका पदाधिकारी लगायत अन्दाजी १ सय जनाको उपस्थिती रहेको थियो ।

नुवाकोट सेवा समाजका अध्यक्ष सोम तामाङको सभापतित्वमा भएको सो कार्यक्रमको स्वागत मन्तव्य तथा कार्यक्रम गर्नुको उददेश्यको बारेमा समाजका वरिष्ठ उपाध्यक्ष सन्तोष राईले जानकारी गराएका थिए ।

सो कार्यक्रममा एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङ, एनआरएन एशिया प्यासेफिकका महिला संयोजक जुनु गुरु¨ले कार्यक्रम सफलताको कामना सहितको मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा एनआरएन एशिया प्यासेफिकका उपसंयोजक विनोद कुवंर, एनआरएन एशिया महिला संयोजक जुनु गुरुङ, एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङ र वोमन फर वोमन कोरियाकी अध्यक्ष पदमा श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

सो दिन भएको नेपाली कथानाक फाटेको जुत्ता प्रर्दशनीको क्रममा प्राविधीक गडबडीको कारण दर्शकहरुले चाहेको जति मनोरन्जन लिन नसकेको गुनासो व्यक्त गरेका थिए ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com