Dambar Subba

एनसीसीको आयोजनामा निशुल्क स्वास्थ्य उपचार सेवा सम्पन्न
[2017-12-18 오후 10:26:00]

दक्षिण कोरियामा सबै भन्दा पहिलो स्थापना भएको संस्था नेपाली सम्पर्क समिति एनसीसी र ओनुरी चर्चको स्वास्थ्य उपचार टोलीको संयुक्त आयोजनामा हिजो सिओलको छोङगाक स्थित दुर्गा रेष्टुरेन्टको सभाहलमा निशुल्क स्वास्थ्य उपचार सेवा कार्यक्रम सम्पन्न भएको थियो । माईनस १२ डिग्रीको जाडो मौसममा पनि अन्दाजी १ सय भन्दा बढी नेपालीहरुले स्वास्थ्य उपचार सेवा लिएका थिए ।

सो दिन ओनुरी चर्चको स्वास्थ्य उपचार सेवामा आएका १५ जनाका टोलीले आंतरिक,नाक कान घांटी, दांत तथा रेडियोलोजी जस्ता रोग सम्बन्धी स्वास्थ्य उपचार सेवा र औषधी प्रदान गर्नुका साथै कपाल काटने, पासपोर्ट साईजको फोटो खिची दिने आदी जस्ता सेवाहरु पनि निशुल्कमा प्रदान गरेका थिए ।

नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसीले कामको व्यस्तता, समयको अभाव,भाषाको कमजोरी र कोरियाको मंहगो स्वास्थ्य उपचार खर्चको कारण हामीले हाम्रो स्वास्थ्यमा त्यति ध्यान दिएको पाईन्दैन । रोग गंम्भीर भउपछि मात्र अस्पताल जाने गर्दछौ । त्यसैले समयमा नै स्वास्थयको ख्याल गर्नु पर्छ भन्ने उददेश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बताए ।

ओनुरी चर्चको स्वास्थ्य उपचार टोलीका संयोजक तथा डेन्टिस चिकित्सक ली दे हयनले यो टोलीको स्थापना भएको ५ बर्ष जति भएको बताउदै विगत ५ बर्ष अघि देखि कोरियाको आनसान, तोङदुछन, उईजङबु आदी क्षेत्रका विदेशी मजदुरहरुलाई निुशल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दे आएता पनि सिओलको छोङगाकमा पहिलो पल्ट यो कार्यक्रम गरेको बताउ ।

संयोजक लीले निुशल्क स्वास्थ्य उपचार शिविरमा विदेशी मजदुरहरु प्राय गरि मांशपेशी, हाडजोनी र पेट दुख्ने सम्बन्धी बिमारीहरु बढी आउने गरेको बताए ।

नेपाली सम्पर्क समितिका सदस्य तथा स्वयंम सेवक सुन्दर पन्थीले नेपाली सम्पर्क समितिले यस्ता कार्यक्रम पहिलो पल्ट गरेकोले केहि व्यवस्थापनमा कमी कमजोरी भएको बताउदै यस कार्यक्रम थप प्रभावकारी बनाउदै आउदा दिनहरुलाई व्यवस्थीत बनाउने बताए ।

स्वास्थ्य उपचार शिविरमा आएका एक नेपालीले कार्यक्रम अस्तव्यस्त र अव्यवस्थीत भएको कारण जाडोमा धेरै समय सम्म आफनो पालो पर्खनु पर्दा खुटटा दुखेको बताउदै आक्रोश पोखेका थिए ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com