subba uttam kumar

उत्तमजङ लिम्बूले तताए कोरियाको चासोक तङनाम
[2017-12-11 오후 11:25:00]

हिजो आइतबार सौल स्थित सिटि हलमा चुम्लुङ कोरियाले आयोजना गरेको चासोक तङनाम कार्यक्रममा गायक उत्तमजङ लिम्बूले बेजोड प्रस्तुती दिएका थिए। ख्याली लिम्बू गीतहरूबाट सुरु गरेका उनले अन्य नेपाली गीतहरु पस्केर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए। एक पछि अर्को गीत गाउँदा दर्शकहरु अगाडी झुम्मिएर नाचिरहेका थिए। १२ औँ तल्लामा भएपनी उपस्थित दर्शक संगीतको गहिराइमा यति डुबे कि हिउँ र सिमसिम पानीले चिसिएको मौसममा तात्तिएर ज्याकेट फुकाली फुकाली नृत्य गर्नेको लर्को देखिन्थ्यो। उत्तमजङ अलावा अप्सन लिम्बू र सुदीप सेर्माले समेत आफ्नो गायन कलाले सम्पूर्णलाई मनोरञ्जन दिलाउन सफल भए। हरेक वर्ष झै यो वर्षपनी किरात राई यायोक्खाको तर्फबाट साकेला नृत्य पनि प्रस्तुत गरिएको थियो।

सांगेतिक फेजमा नै लिम्बूजातिको मौलिक नृत्यहरु केलाङ र यालाङ पनि प्रस्तुतिमा थियो जस्लाई सांस्कृतिक विभाग प्रमूख एवं चुम्लुङका उपाध्यक्ष गजेन्द्र सेर्माले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। हल भित्र र बाहिर धान नाच्नेको फरक फरक टोलि थियो भने अधिकांश लिम्बू मौलिक ढाकाको पहिरनमा उपस्थित थिए।

उक्त कार्यक्रम चुम्लुङ कोरियाका अध्यक्ष शुन्दरदीप आङ्देम्बे को सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष पवन चाम्लिङ राइको प्रमुख आतिथ्यमा भएको थियो। प्रमुख अतिथी पवन राइले शुभकामना मन्तव्य व्यक्त गर्दै चुम्लुन कोरियाले स्थापना कालदेखी नै आफ्नो भाषा धर्म संस्कार , संस्कृतिको जगेर्ना गर्दै आएको सह्रानिय रहेको बताए त्यस्तै नेपालबाट यसरि कलाकार निमन्त्रणा गरि कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा NRN कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ, NCC का अध्यक्ष अञ्जु केसि, NRN ICC प्रतिनिधि लोचन राई, पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष काजी नेपाल, चुम्लुङ कोरियाका निवर्तमान अध्यक्ष सन्तोष मादेन, पूर्व अध्यक्ष भीमराज चेम्जोङ, किरात राई यायोक्खाका अध्यक्ष बालकृष्ण बान्तावा, नेपाल तामाङ संघका अध्यक्ष उइना सिङ वाइवा र थारु कल्याणकारी सभाका उपाध्यक्ष शिव शंकर थारुले शुभकामना मन्तव्य राखेका थिए भने विभिन्न संघ सांस्थाका प्रतिनिधि, पत्रकार, विद्यार्थी लगायत लिम्बू तथा गैर लिम्बूहरुको बाक्लो उपस्थिति रहेको थियो।

चासोक विषेश कार्यक्रममा सेवा साबा सम्राट चेम्जोङले विधिवत रुपले चासोक सेवा/ पूजा गरेका थिए। त्यसपछी विभिन्न लिम्बू मौलीक परिकारहरु थी, रक्सी, फाक्सा, वास्सा, तिते, याङ्बेन आदि आगन्तुक सबैलाई ग्रहण गराईएको थियो।

सोही कार्यक्रममा गायक तथा संगीतकार उत्तमजङ लिम्बूलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो भने लावती सयङ कोरियाले पनि सम्मान पत्र र नगद ६,२०,००० वन सहित सम्मान गरेका थिए। सिरिजङ्गा सांगीतिक सौगात भाग ४ मा १ लाख वन माथी सहयोग गर्ने सबैलाई कदर पत्र प्रदान गरिएको थियो भने मनोनित सदस्यलाई ओहोदाको प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रम सभापति एवं चुम्लुङ अध्यक्ष सुन्दरदीप आङ्देम्बेले चासोक तङनामको बारेमा स्पष्ट पारेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष अग्नि पंधाकले राखेका थिए। औपचारिक कार्यक्रम महासचिव प्रवेश फियाकले सञ्चालन गरेका थिए भने सांगीतिक कार्यक्रममा उदघोषण उत्तम खजुमले निभाएका थिए। गतवर्ष चुम्लुङ कोरियाले गायक ब्रबिम सेर्मा र सुनिता थेगिमको साथमा चासोक तङ्नाम मनाएको थियो।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com