NK REPORTER

मनमैजुमा फेला परेको शंकास्पद बस्तु प्रेसरकुकर बम रहेको पुष्टि
[2017-12-06 오후 5:01:00]

काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुमा फेला परेको शंकास्पद बस्तु प्रेसरकुकर बम रहेको पुष्टि भएको छ । नेपाली सेनाको टोलीले करिब साढे ११ बजे बम निष्कृय तुल्याएको हो ।


खोला किनारमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै सो क्षेत्रमा पुगेको प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई उक्त बस्तु विस्फोटक भए/नभएको पत्ता लगाउन बोलाएको थियो ।

सेनाको टोलीले उक्त शंकास्पद बस्तुको पहिचान गरेर निष्कृय तुल्याएको हो । सुरक्षा स्रोतका अनुसार प्रेसरकुकरमा विस्फोटक पदार्थ राखेको पाइएको छ । रिमोट कन्ट्रोलबाट विस्फोट गराउन मिल्ने गरी बम जडान गरेर राखिएको थियो ।

विष्णुमती र साङ्ले खोलाको दोभानमा बम फेला परेको हो ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com