NK REPORTER

सर्लाही लालबन्दीमा एमाले र राजपा नेपालका कार्यकर्ताबीच झडप
[2017-12-06 오후 7:31:00]

सर्लाही लालबन्दी नगरपालिका–३ जब्दी भैरवपुरमा एमाले र राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ ।


झडपामा दुई जना घाइते भएका छन् । मंगलबार राती एमाले कार्यकर्ताले राजपाको पोष्टर पम्पलेट र झण्डा जलाएपछि राजपा कार्यकर्ताले पनि एमालेको पोष्टर जलाएको विषयलाई लिएर आज बिहान झडप भएको हो ।

एमाले कार्यकर्ता तुलसी नारायण श्रेष्ठको नेतृत्वमा आएकाहरु राजपा नेपालका कार्यकर्ताहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा माथि आक्रमण गर्न खोजेपछि दोहरो झडप हुँदा सर्लाही निर्वाचन क्षेत्र नंं १ को (ख) बाट राजपा नेपालको तर्फबाट प्रदेश सभाका उम्मेदवार राम प्रसाद चौधरीका छोरा सूर्य नारायण चौधरी र एक जाना एमाले कार्यकर्ता घाईते भएको जनाइएको छ ।

अहिले त्यहाँको स्थिति तनावपूर्ण रहेको राजपाका प्रतिनिध सभा सदस्य पदका उम्मेदवार प्रमोद साहले जानकारी दिए ।

घटना स्थलमा प्रहरी परिचालन गरि सकेको सर्लाहीका प्रहरी उपरिक्षक मोहमद मसाउद आलम खाँले जानकारी दिए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com