NK REPORTER

यो वर्षको नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि घिमिरेसहित १२ जनालाई प्रदान
[2017-12-05 오후 8:07:00]

यो वर्षको नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ ।


उनीसँगै वरिष्ठ संगीतकार एवं गायक सीके रसाइली, गीतकारहरु रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतलाई यो सम्मान प्रदान गरिएको हो ।

स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवसका अवसरमा नारायणगोपाल संगीत कोषले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा संगीतकार तथा गीतकारहरुलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

नेपाली गीत–संगीतको विकासको क्षेत्रमा उच्च योगदान पुर्‍याएकाले उनीहरुलाई सम्मान गरिएको नारायणगोपाल संगीत कोषले जनाएको छ ।

नारायणगोपालको निधनपछि नेपाली सुगम संगीतको विकासमा क्रियाशील गीतकार तथा संगीतकर्मीलाई नारायणगोपाल स्मृति दिवसको अवसरमा सम्मान गरिँदै आएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com